India's new plan revealed

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षको तर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ ।


भ्रमणसँगै गएका सांसद सहितको प्रतिनिधि मण्डललाई भारतीय सेना र खुफिया विभागका अवकाश प्राप्त अधिकारी सहितको भारतीय कुटनीतिज्ञको टोलीले नेपाललाई पूर्वी पाकिस्तान जस्तो हविगत बनाई दिने सांकेतिक चेतावनी दिएका थिए । भारतीय कूटनीतिज्ञहरूले चीनसँग खुला सम्बन्ध नराख्न दबाब दिएको पनि खुलेको छ ।

भारतीय पक्षले नेपालको अहिलेको स्थिति सन् १९७१ मा पूर्वी पाकिस्तानको जस्तो हुनसक्ने भएकोले जनताको आकांक्षा पूरा गर्नुपर्ने धारणा राखेका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानका बासिन्दाको आकांक्षा पूरा गर्न नसक्दा भारत र पाकिस्तानबीच युद्ध भएपछि पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो ।

यो घटना प्रम ओलीको भारत भ्रमणको चौथो दिन फागुन १० गते सोमबार नयाँ दिल्लीको चाणक्यपुरीस्थित विवेकानन्द फाउन्डेसनको हलमा दिउँसो ३ बजे भएको कार्यक्रमलाई भारतीय परराष्ट्र मन्त्रालय र नेपाली दूतावास दुवैले अफिसियल कार्यक्रम सूचीमा समावेश गरेको थिएन ।

पत्रकारहरुसमेत उपस्थित नगराइएको सो कार्यक्रमलाई आवरणमा ‘नेपाली बिजनेस एन्ड ट्रेड डेलिगेसनसितको अन्तरक्रिया’ भनिएको थियो । तर, कार्यक्रममा लगानी बोर्डका सिइओ राधेश पन्तबाहेक कोही पनि बिजनेस र ट्रेडसँग सम्बन्धित व्यक्ति थिएनन् । पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली समेत उपस्थित यो कार्यक्रममा सांसदहरुको बाहुल्य थियो । एमालेका राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे, एमाओवादीका हितराज पान्डे, एमालेका सचेतक भानुभक्त ढकाल, मालेका अइन्द्रसुन्दर नेम्वाङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीमा विक, राप्रपा नेपालका भक्तबहादुर खपाङ्गी र एमालेकै लालबाबु यादवको उपस्थिति रहेको थियो । भारतीय टोलीले भने आफ्नो परिचय दिएन ।

बिजनेस एन्ड ट्रेड डेलिगेसनसँगको अन्तरक्रिया भनिए पनि भारतीय पक्षले यसबाट सांसदहरुलाई मनोवैज्ञानिक दबाब दिने साधनका रुपमा उपयोग गर्न खोजेको प्रष्ट देखिन्थ्यो ।

बिजनेसको थोरै संविधान र राजनीतिको धेरै कुरा भएको अन्तरक्रिया कार्यक्रममा पूर्व राजदूत राजीव सिकरीले भारतलाई पर राखेर नेपालको विकास हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ खोज्न नेपालीलाई आग्रह गरेका थिए । ‘भारतसँग खुला सीमा भए जस्तै नेपालले चीनसँग खुला सम्बन्ध कायम राख्न सकिँदैन । किनभने स्वभाविक रुपमा त्यसले भारतलाई असर पार्छ । तपाईँहरुले यसमा ध्यान दिनुस्,’ भन्दै उनले चीनको विषयमा चेतावनीमूलक भाषामा आफ्नो विचार राखेका थिए ।

बंगलादेशका पूर्व राजदूत तारिक करिमले बंगलादेशले भारतसँगको द्विपक्षीय सम्बन्ध राम्रो बनाउनु पर्ने कुरा पछि बुझेको उल्लेख गर्दै आफूहरु अन्तरनिर्भर रहेको बताएको  समाचार दैनिकनेपाल मा छ |



During his visit to India, Prime Minister KP Sharma Oli concluded on behalf of the Nepalese delegation to Nepal from India threatens to break up the secret is public.


Bhramanasamgai delegation, including MPs went to the Indian Army and retired intelligence officer with the Department of Indian diplomatic team to eastern Nepal, Pakistan was created as a symbolic warning that the fate. Indian diplomats open relationship with China to avoid the pressure is also open.

The current status of the Indian side in Nepal as in East Pakistan, since 1 9 71 must meet the people's aspirations among others. In 1 9 71 residents in East Pakistan of failing to fulfill the desire of war between India and Pakistan after Bangladesh was East Pakistan break.

This event is the fourth day visit to India, Prime Minister Oli on March 10 in New Delhi on Monday afternoon at 3 pm The program canakyapuristhita Vivekananda Foundation Hall of Foreign Affairs and the Indian Embassy in Nepal have both aired on the program was included in the list.

The program will cover deprived patrakaraharusameta present Nepali Business and Trade deligesanasitako interaction 'was told. However, none of the program, the Board of Investment Business and tredasamga Raj Radesh pantabaheka not related to the person. Sushil Raj Gyawali Reconstruction Authority was also present on this occasion, the majority of parliamentarians. Rajan Bhattarai, UML, RPP Vikram Pandey, M Raj Pandey, UML chief whip Bhanu Bhakta Dhakal, ML Aaindrasundar to admit, the National Liberation Party limit Vic, RPP and UML khapangi Bahadur Babu Yadav was present. If the Indian team did not introduce.

Business and Trade deligesanasamgako interaction of liberation from the Indian side also used as a tool for lawmakers trying to psychological pressure seemed clear.

Business and politics much less the Constitution of the program, former Ambassador to India by Rajiv sikarile development that can not be asked to answer the question had to seek the Nepalese. 'India, Nepal open border, as China can not maintain an open relationship. Naturally, because it affects India. Note Label tapaimharule it, 'he said China had their opinions about the warning language.


Bangladesh Bangladesh-India bilateral relationship with former Ambassador Tariq karimale be made to realize that the decisions referred to in the said inter-dainikanepala on news |
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment