घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन् ।
राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए । राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा ९कर, बिजुली र पानीको महसुलबाहेक० भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन् । पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।
लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन् ।
बिष्टले उक्त व्यहोराको पत्र माघ ११ मा राष्ट्रपति कार्यालयलाई समेत दिइएका छन् । सरकारले उपलब्ध गराएको निवासबाट यादवलाई हटाइदिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा दिइएको पत्रको बोधार्थ यादवलाई समेत दिइएको छ ।
निवेदनमा सात दिनभित्र सम्झौता गरी पूरै भाडा तिर्न र नतिरेमा तीन महिनाभित्र आफ्नो घर खाली गराइदिन माग गरिएको छ । निवेदन दिएको मंगलबार ४१ दिन पुगिसकेको छ । खाली गराउन दिइएको तीन महिनाको समय पनि ३४ दिन पुगिसकेको छ । बिष्टले चार महिनाको भाडा ५ लाख २० हजार रुपैयाँ पाएका छैनन् भने यादव बसेपछि घरको बिजुलीको बिल ८० हजार रुपैयाँभन्दा उठिसकेको छ । बिजुली र पानीको महसुलसमेत सरकारले तिर्ने राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।
बिष्टले आफ्नो घरमा पूर्वराष्ट्राध्यक्षलाई भाडामा राख्न पाएको खुसीमा बगैंचा बनाई कम्पाउन्ड परिसरमा ढुंगा छाप्नुका साथै यादवका सुरक्षाकर्मीलाई राख्न टेन्टसमेत निर्माण गरेका छन् । लामो समयसम्म भाडा नपाएपछि उनी सरकारसित रुष्ट भएर घर खाली गराउन लागेका हुन् ।
आफूलाई घरबाट हटाइदिन घरबेटीले निवेदन दिएपछि यादव दिक्क भएको जानकारी स्रोतले दिएका छन् । ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भने ।
सरकारले पूर्व राष्ट्रपति यादवलाई आफैंले घर खोजी लगेर राख्ने, अनि भाडा नतिरिदिएर बिजोग बनाउने काम राष्ट्राध्यक्षमाथिको अपमान भएको सरकारी अधिकारी नै बताउँछन् । ती अधिकारीले एमाले नेतृत्वको सरकारले सत्तारूढ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङलाई मन्त्रिपरिषदबाट निर्णय गराई कानुनी मापदण्डबिना नै विलाशी गाडी, चालक, इन्धनलगायतको सुविधा दिने, तर पूर्व राष्ट्रपतिको भाडाको विषयमा निर्णय नगर्नु राजनीतिक पूर्वाग्रहमात्र भएको बताए ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पूर्वराष्ट्रपतिलाई आवास सुविधा दिनेबारेमा मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी रहेको बताए । ‘पूर्वराष्ट्रपतिलाई आवास सुविधा दिने भन्ने नै छ । यो विवादको विषय रहेन । तर मन्त्रिपरिषद्बाटै निर्णय चाहिँ भइसकेको छैन,’ राईले भने, ‘यो विषयमा अब सरकारले छिट्टै निर्णय गर्छ ।’ उनले पूर्वराष्ट्रपतिको बारेमा विशेष निर्णय पनि गर्न सकिने बताए । पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा सम्बन्धी ऐन समेत बनाउने तयारी भइरहेको जानकारीसमेत उनले दिए ।
Bista was completed in four months ravibhakta the landlord to furnish your home rental President Ram Baran Yadav, demanding the government be transferred elsewhere are given a written application.
President Vidya Bhandari elected officials on the same day the President's Office on October 11, the outgoing President Yadav had rented the house in Lalitpur bagadolasthita Bista 'official residence' outlets. President's Office official gharabetisita oral agreement monthly rent of Rs 1 lakh 30 thousand 9kara, electricity and water mahasulabaheka 0 Rental submit a written memorandum said. The letter has been signed by the President's Office Secretary Prasad Subedi.
Office of the President and the government for a long time without rent, and the landlord was no compromise gharabhadasambandhi Bista ceremonies empty house three months demanding the Prime Minister's Office on February 7 are filed.
Bista The readable letters are given, including the president's office on January 11. BDR Yadav, the drugs provided by the government, demanding the Prime Minister's Office has been given the letters CC Yadav.
Filed within seven days of the agreement to pay the entire rental and Kafley three months to arrange your house is empty, has been demanding. Filed on Tuesday has reached 41 days. Empty given three months time to the 34 days is reached. Bista four months rental of Rs 5 lakh 20 thousand have not said Yadav stayed home electric bill is retained Rs 80 thousand. Electricity and water it regularly mentioned in his letter to the President's Office has been paying the government.
Bista purvarastradhyaksalai your home rental premises delighted garden stone compound created for printing and security to tentasameta Yadav have constructed. Fares for a long time, he decided to make the government who are disappointed by the house is empty.
Yadav's house after the drugs themselves gharabetile request sad, sources said. "If the government is not paying rent, why bring me here rakhnupareko, where I just start adapt, basthem go there," she said, quoting sources.
The government of former President Yadav himself who took home search, and work to make the plight of rental natiridiera rastradhyaksamathiko insult government officials say. The official UML-led government, the ruling Maoist Chairman Pushpa Kamal Dahal and former Speaker Subash Nemwang cabinet decision is vilasi legal mapadandabina vehicle, the driver, indhanalagayatako feature to, but not the political decision of former President rental purvagrahamatra said.
Government spokesman and Information and Communications Minister President accommodation crucial Dhan Rai said that the ministry has yet to be decided. "President to give accommodation exists. This issue remained. But is the mantriparisadbatai decision has not been, "Rai said," This is the matter of the government decision soon. "He decided to be special about President said. Feature specific officials, including the former Act is being prepared to make informed he added.
0 comments:
Post a Comment