slc : एसएलसीको तयारी पूरा, परीक्षामा ६ लाख विद्यार्थी सहभागि हुने

भक्तपुर, २१ फागुन - यसवर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो। 

जनक शिक्षा सामाग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्न पत्र छपाई समेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्र समेत सबै जिल्लामा पठाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तीका लगायतका सबै सामाग्री सबै जिल्लामा पठाई  सकिएको छ, बाँकी वागमति, दोलखा, सिन्धुपाल्चोकका १० जिल्लामा पनि पठाउँदै छौँ।’

परीक्षामा यसवर्ष ६ लाख १५ हजार विद्यार्थी सहभागि हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र पूरक गरी ६ लाख १२ हजार तथा प्राबिधिक तर्फका ३ हजार विद्यार्थीले परीक्षामा सहभागि हुने जानकारी दिनुभयो। 

जसमा नियमित तर्फ चार लाख ५२ हजार ८ सय ८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागि हुने भएका छन्। नियमित तर्फ प्राविधिक धारबाट ९९ विद्यालयका तीन हजार २ सय ५५ विद्यार्थी सहभागि हुँदैछन् । जसमा नियमित तर्फ दुई लाख २५ हजार ३ सय ४६ छात्र र दुई लाख २७ हजार ५ सय ३५ छात्रा सहभागि हुने भएका छन्। 

श्रेष्ठले सबैभन्दा बढी काठमाडौंमा ३५ हजार र सबैभन्दा कम मनाङ्गमा ६९ जनाले परीक्षा दिने जानकारी दिनुभयो। यसवर्ष एसएलसी परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरेको छ। 

एसएलसीको नतिजा ग्रेड्रिङ सिस्टममा सार्वजनिक हुने भएकोले उतीणाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाई भएको कार्यालयले जनाएको छ। 
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment