Shahid Mallya

काठमाडौं – बलिउड गायक साहित मल्याले काठमाडाैंमा एकल कन्सर्ट दिने भएका छन्। आगामी फागुन २१ मा लाजिम्पार्टस्थित मल्ल होटलमा हुने 'साहिद मल्या एन्ड इलेक्ट्रो सुफी लाईभ इन नेपाल'मा उनले गाउने निश्चित भएकाे हाे। कन्सर्टको आयोजना नाज्जी इन्टरटेनमेन्टले गरिरहेको छ। त्यसपछि आगामी फागुन २२ मा हात्तिसारस्थित आलिसान लाउन्स एन्ड बारमा उनकै एकल कन्सर्ट हुनेछ। बलिउड फिल्म 'यमला पगला दिवाना'बाट डेब्यु गरेको गायक साहिदले 'मौसम', 'गुण्डे', 'मेरी ब्रदर कि दुल्हन', 'स्टूडेन्ड अफ द एयर', 'सादी कि साइड इफेक्ट' र 'टु स्टेट' लगायत फिल्मका गीतहरुमा स्वर दिइसकेका छन्। कन्सर्टमा उनले 'गुर्वानी', 'इक तुही तुहे', 'रब्बा मे तो मर गया', 'क्या होगा' र पाटीका हिरो' लगायत गीतहरु प्रस्तुत गर्नेछन्। उनको 'बनी–इश्क दा काल्मा' नामक एल्बम बजारमा आएको थियो ।
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment