dharan : धरान सहर बस्नलायक

१९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाएका थिए। २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भयो। धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग पनि जोडिन्छ। पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महŒवपूर्ण किल्ला बनाएका थिए। गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो। 


त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ। अहिले यो धरान उपमहानगरपालिकाको वडा नम्बर १४ मा पर्छ। करिब दुई वर्षअघिसम्म धरान नगर दक्षिणमा चारकोसे जंगल, उत्तरमा महाभारत शृंखला, पूर्वमा सेउती र पश्चिममा सर्दु खोलामा सीमित थियो। छिमेकी गाविस पाँचकन्या र विष्णुपादुका समायोजन भएपछि क्षेत्रफल विस्तारसँगै धरान उपमहानगरपालिका बनेको छ। हाल धरानको क्षेत्रफल १ सय ९२ वर्गकिलोमिटर छ भने जनसंख्या डेढ लाख नाघेको छ। घरधुरी ३३ हजार हाराहारी छ। बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक सहर हो धरान। यहाँ हिमाली, पहाडी र तराई (मधेस) का मानिसको बसोबास छ। यो तराई र पहाडको संगमस्थल पनि हो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गौरव हो। कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ भने केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ। यहाँ पौराणिक महŒव बोकेका पीण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुकाजस्ता धार्मिकस्थल छन्। खेलकुद र खेलाडीको सहरको रूपमा पनि धरान परिचित छ। फेसन र मनोरञ्जन (गीत, संगीत) को सहर पनि हो धरान। 



 लाहुरेले बनाएको शहर दशक अघिसम्म पनि धरान र लाहुरे पर्यायवाची शब्दझैँ थियो। अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्यारए। ०४६ को परिवर्तनपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए। धरानको विकासले तीव्रता पायो। चिटिक्क घर, सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान र गौरव बन्यो। नगरको कुना–कुनामा पक्की सडक बन्यो। धरान घुम्नेहरू युरोपको कुनै सहर जस्तै भन्छन्। धरानलाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो। गेसो आन्दोलन हाँकेका गजेन्द्र इस्पोका अनुसार ०३६ सालपछि बसोबास बढे पनि ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबस धरानमा ह्वात्तै बढ्यो। ब्रिटिस सेनाबाट अवकाश पाएपछि धरानमा घडेरी किनेर घर बनाउन थाले। ०४६ देखि ०५६ सालको बीचमा धरानमा लाहुरेको सघन बसोबास भइसकेको थियो। 'यही समय हामी विकास निर्माणमा लाग्यौं, नगरपालिकाले अघि सारेको जनसहभागिताको भिजन कार्यान्वयन गराउन साथ दियौं,' इस्पो सम्झन्छन्। धरानको विकाससँगै व्यापार–व्यवसाय टिक्नुमा भूपू लाहुरेको ठूलो योगदान छ। गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरान पूर्वकै आर्थिक, व्यापारिक केन्द्र बनेको थियो। 



धरानमा अन्य सहरको तुलनामा उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन्। भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र लामो समय टिक्यो। केही भूपू लाहुरे व्यापार–व्यवसायमा पनि होमिए। धरान फेसनेवल सहरका रूपमा चिनिनुमा पनि लाहुरे परिवारकै देन छ। काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा भित्रिन्छ भन्ने मान्यता छ। लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रुनाईमा भएकाले पनि त्यताको फेसन सिधै धरानमा भित्रिएको हो। व्यवस्थित रूपमा मासु पोलेर खाने बिबिक्यु चलन पनि लाहुरेले नै युरोपबाट भिœयाएको मानिन्छ। धरानको विकासमा तर सन् २००९ मा बेलायतले आवासीय भिसा दिने निर्णय गरेपछि धरान लाहुरेविहीन सहरमा परिणत हुँदै गएको छ। इस्पोका अनुसार करिब १० हजार घरघुरीको संख्यामा रहेका भूपू लाहुरेमध्ये अधिकांश बेलायत गइसकेका छन्। यसले धरानको व्यापार, व्यवसाय एवं अर्थतन्त्रलाई खुम्च्याइदिएको छ। ज्यादै वृद्ध र व्यवसायमा लागेका मात्रै करिब २५ प्रतिशत भूपू बेलायत गएका छैनन्। जनसहभागिताको नमुना ०४८ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित मेयर ध्यानबहादुर राई ३३ र उपमेयर मनोजकुमार मेन्याङ्बो मात्र २७ वर्षका थिए। उनीहरुले धरानको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउने नीति लिए। 



यो नीति सफल भयो। ०५४ सालमा मेयरमा निर्वाचित भएपछि मेन्याङ्बोले ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत जनताको लगानीमा विकास निर्माणलाई तीव्रता दिए। जनताले पक्की सडक, ढल निर्माण गर्न पैसा मात्रै लगानी गरेनन्, सडकका लागि जग्गा पनि दिए। कसैको कम्पाउन्ड वाल भत्कियो, कसैको घर। तर, कसैले पनि क्षतिपूर्ति दाबी गरेनन्। जनसहभागितामा धरान नेपालकै नमुना सहर कहलियो। भूकम्प प्रतिरोधी घर तथा भवन निर्माणसंहिता लागू गर्ने उपत्यकाबाहिरको पहिलो नगरपालिका पनि धरान हो। पूर्वमेयर मेन्याङ्बो जनसहभागितामा धरानमा १०० मात्र होइन, १५० प्रतिशत विकास निर्माणको काम सम्पन्न भएको दाबी गर्छन्। 'नीतिमा नगरपालिकाको ६० र जनताको ४० प्रतिशत लगानी भने पनि डेढ सय प्रतिशत काम भएको छ। जनताको लगानीको अगाडि नगरपालिकाको ६० प्रतिशत ज्यादै थोरै हो,' सुन्दा अचम्म लागे पनि उनको तर्क यस्तो छ, 'जनताले ४० प्रतिशत त पैसा नै लगाए। बाटोका लागि जग्गा दिए, कम्पाउण्ड र घरै पनि भत्काए। उब्रेको पैसाले बिजुलीको पोलमा बल्ब लगाए। 



यस्तो उदाहरण कहीँ, कतै पाउनुहुन्न।' धरानको मुटु मानिने भानुचोक पुग्दा ठिंग उभिएको घन्टाघरले सबैको ध्यान तान्छ। जनसहभागितामा बनेको यो घन्टाघर नमुना उदाहरण हो। एक करोड बढी लगानीमा निर्माण सम्पन्न भएको घन्टाघरमा नगरपालिकाको २२ लाखबाहेक सबै स्थानीय एवं हङकङ, मकाउ र जापानका धरानेको लगानी छ। यहाँ घन्टाघर, भूकम्प स्मारक, सुन्दर बगैँचा(पार्क) छ। हालसम्म धरानमा जनसहभागितामा २०० किलोमिटर कलोपत्रे पक्की सडक बनिसकेको योजना शाखा प्रमुख एवं इन्जिनियर सुरज श्रेष्ठले बताए। उनका अनुसार लागतको हिसाबले एक किलोमिटर सडकको लागत सरदर ५० लाख रुपैयाँ हुन्छ। बिपी प्रतिष्ठान वरदान पञ्चायतकालमा कोसी अञ्चल सदरमुकाम रहेको धरानबाट ०३५ सालदेखि सरकारी कार्यालय सार्न थालियो। ०४५ सालको भूकम्पले जनधनको ठूलो क्षति भएपछि त धरानलाई डेड सिटी (मृत सहर) भनियो। मानिस पनि अन्यत्र बसाइँ सर्न थाले। 



०४९ सालमा अञ्चल अदालत विराटनगर सारियो भने ०५० सालमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर लगियो। यस्तै, ०५० सालमा धरानको पूर्वाञ्चल क्षेत्रीय अस्ताललाई कोसी अञ्चल अस्पतालमा गाभियो, ०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर पुर्या्इयो। त्यसअघि ०४० सालमै क्षेत्रीय शिक्षा निर्देशनालयलाई धनकुटा सारिएको थियो। यसैबीच बेलायती सेनाले धरानमा रहेको ब्रिटिस गोर्खा भर्ती केन्द्रलाई पनि पोखरामा सार्यो । ०५० सालमा सरकारले पहिलो मेडिकल कलेजका रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि भने मृत सहर धरान बिस्तारै उठ्यो। बिपी छैन भने धरान नै नरहने पूर्वमेयर मेन्याङ्बोको धारणा छ। 'बिपी पनि धराने जनता आन्दोलित भएपछि स्थापना भएको हो। यो धरानका लागि वरदान भएको छ। बिपी छैन भने धरान पनि छैन, आर्थिक गतिविधिको हिसाबले बिपी नहुँदा धरान नांगो हुन्छ,' उनी भन्छन्, 'यसको स्थायित्व र विकासमा धराने जनताको भूमिका सकारात्मक छ।' विशेषज्ञ सेवासमेत सुरु गरिसकेको प्रतिष्ठानले धरानलाई स्वास्थ्यको केन्द्रका रूपमा पनि स्थापित गरेको छ। यहाँबाट हालसम्म विभिन्न विषयमा ३ हजार ३ सय ६५ जनशक्ति उत्पादन भइसकेको छ। यहाँ देश–विदेशबाट अध्ययनसँगै उपचार गराउन पनि मानिस आउने गर्छन्। समृद्ध धरानको सम्भावना नेपाल भ्रमण वर्ष सन् १९९९ (२०५६) सालमै तत्कालीन धरान नगरपालिकाले 'शिक्षा स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सहर' भन्ने नारा दिएर २० वर्षे भिजन तयार गरेको थियो।



 शिक्षा, स्वास्थ्य र पर्यटनबाट धरान समृद्ध सहर बन्न सक्छ भन्ने त्यतिबेलैको सोच हो। तर, स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि भने धरान कुहिरोको कागजस्तै बन्यो। यहाँको व्यापार–व्यवसाय खस्कँदो अवस्थामा छ। पछिल्लो आवधिक योजनाले विगतको नारालाई केही परिमार्जन गर्दै 'शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय, समृद्ध सहर' बनाउने भिजन बनायो। यद्यपि, एडिबीको ऋण तथा अनुदान सहयोगमा १ अर्ब ४८ करोडको खानेपानी आयोजनाबाहेक अन्य दीर्घकालीन लक्ष्यअनुसार ठूला योजना अघि बढ्न सकेका छैनन्। पर्यटनलाई नगरपालिका र अन्य सरोकारवाला निकायले नारामा मात्रै सीमित बनाएको छ। पर्यटन विकास र प्रर्वद्धनमा योजना छैन, लगानी पनि शून्य बराबर छ। पीण्डेश्वर, बूढासुब्बा, दन्तकाली, विष्णुपादुकाजस्ता धार्मिक महŒवका पर्यटनस्थल छन्। र्यालफ्िटङ, प्याराग्लाइडिङ, साइक्लिङ पनि प्याकेजमा सुरु भइसकेको छ। बराहक्षेत्र, रामधुनी र कोसीटप्पु वन्यजन्तु आरक्ष नजिकै छ। भेडेटारको केही भाग धरानमै पर्छ। 



'बदलिँदो परिस्थितिमा अब धरान समृद्धिको सम्भावना पर्यटनमै छ। घुम्न आउनेलाई मात्रै होइन, शिक्षा, स्वास्थ्य, खेल, संस्कृति जस्ता पर्यटनको विविध आयामलाई बुझेर अघि बढ्नुपर्छ,' धरान उपमहानगरका योजना प्रमुख एवं इन्जिनियर सुरज श्रेष्ठ भन्छन्, 'धार्मिक पर्यटन, साहसिक खेल पर्यटनको सम्भावना छ, पाँचकन्यालाई कृषिकेन्द्र बनाउन सकिन्छ, विष्णुपादुकामा एक गाउँ एक उत्पादनको बेसार खेती छ।' पर्यटनले गति लिँदा यहाँको व्यापार–व्यवसाय पनि फस्टाउने उनको भनाइ छ। धरानभित्र विशेष आर्थिक क्षेत्र बनाइदिने वा छुट दिएर लगानी आकर्षित गर्न सकिन्छ। अरुण तेस्रो बन्दा धरान सुक्खा बन्दरगाह हुनसक्ने पनि उनले बताए। धरानले व्यापारिक समृद्धिलाई कहिल्यै जोड दिन सकेन। विगतमा भूपू लाहुरेको रेमिट्यान्सले बाँच्यो, अहिले अन्य वैदेशिक रोजगारमा गएकाको रेमिट्यान्सले बाचिरहेको छ। पूर्वमेयर मेन्याङबो त सरकारी कार्यालय नभए पनि धरान आफैँ बनेर बाँचेको सहर हो भन्छन्। अन्यत्र सरकारी कार्यालय स्थापित भएपछि सहर विस्तार भएको उनको भनाइ छ। 'सांस्कृतिक, धार्मिक पर्यटनले धरानलाई समृद्धितर्फ लैजान्छ, यहाँ हिन्दुहरूको महŒवपूर्ण तीर्थस्थल छन्। 

जातजातिको बसोबासको हिसाबले सिंगो नेपाल अटेको छ, मानवशास्त्रीको अध्ययनथलो बन्नसक्छ,' पूर्वमेयर मेन्याङबो भन्छन्, 'शैक्षिक पुर्वाधार यथेष्ट छ, अब गुणस्तरीय शिक्षाको नारा दिए शैक्षिक हब बन्छ। स्वास्थ्यकै राजधानी पनि बनाउन सकिन्छ। सुन्दर आवासीय सहरका रूपमा विकास गर्न सकिन्छ।' पूर्वका अन्य सहरभन्दा धरान प्रदेश नम्बर १ को राजधानी बन्ने पूर्वाधार पर्याप्त भए पनि केन्द्रमा राजनीतिक प्रभाव नभएकाले भने धरान जहिल्यै ओझेलमा पर्ने उनी चिन्ता व्यक्त गर्छन्। - 




See more 99 0 Nya Salkow Bhukmppchi Arka Rana Prime Market Bnine Juddhnagr Bsaaka Thia Juddh Smsherle Halko. In 2010 the British Gorkha soldiers office Salma Srkarle the British establishment in more Dharanko Centdraka business development Byo Jillako Grepchi eastern hill. Forcing Vijaypursँg Jodinc Suhruँ Stabditirko Dharanko history. Œ A significant strategic importance Hisable Palpaka Senvanshi Rajale Vijaypur Gdeelai Bnaaka Thia Killa. 1831 King Prithvi Shahle Gorkaka Salma compromise Grer Nepalma Gabnuagi Vijaypur gentian Pradeco Theo capital. Tyhi Vijaypurgdi Dharanko Shirka Rupama Rheko g. Dharan Upmhangrpalikako Ahile Yo Ma Vada Prc No. 14. Dui Krib Warsagisamm Dkshinma Charkose Dharan town forest, Uttrma Mahabharat series, and Pshcimma Purwma Seuti Srdu Kholama Theo limited. Chimeki Gavis Paँcknya Bapchi area and Vishnupaduka adjustment Vistarasँga Upmhangrpalika Bneko g Dharan. Most agencies Dharanko area 1 9 2 Wargkilomitr half million Nageko g g Bne population. G Harahari Grdhuri 33 thousand. Bhujati, multi-religious and multicultural Dharan to Sahar. Here Himali, hill and Terai (Madhes) g of the Manisko Bsobas. Forcing Sngmsthl Phadko Yo Su valley. Bipi Koirala Health Science Foundation Dharanko be proud. Agricultural Engineering studying abroad only official 



Khyamps Yhiँ Hune Bne Central Food Technology Khyamps g r g Bnaako Sanskrit Khyampsle Dharanlai Purwka educational center. Œ and Bokeka Pindeshwar mythological significance here, Dntkali, Budasubba, Ptrchknya, Vishnupadukajasta Dharmiksthl Cn. Forcing Keladiko Shrko Dharan in more familiar sports and g. Fashion and striptease (lyrics, music) Forcing the Sahar Dharan. Lahurele Bnaako city Forcing Agisamm Dharan and Theo Sbdjaँ Lahure decade synonymous. Matra Bnaanan the British Gorkha Sanikle retired Dharanlai residential Sahar, Adhunikikrnko Batoma Doryara Forcing. 046 is provided with the Priwartnpchi Ngrpalikale development Nirmanma Jnshbagitako policy Lahurele Lida. Pío Dharanko Vicasle intensity. Citikk home, beautiful Bgaँcha, 



systematic and wide paved roads Dlsँga Safa Dharanko Out of pride and knowledge. Out of Kuna-Kunama Nagrko paved road. Dharan Gumnehru Yuropako Sahar Jasta Bncn Kuna. Dharanlai prosperous, wealthy and civilized Manis Bsne different Thalio Sahar. Forcing movement Geso Haankeka Gajendra Ispoka increased by 046 036 Salpchi Bsobas Salkow political Priwartnpchi Lahureko Bsobs Dharanma Bdyo Hwatta. Kiner Senabat the British holiday home Paapchi Dharanma Gderi Bnaun basin. 046 056 Salkow Bicma Dharanma Lahureko intensive Bsobas Biskeko Theo observed. 'That time Nirmanma Lagyun agreed development, implementation Bhijn Ngrpalikale Agi Sareko Jnshbagitako Diun with Graun, "Ispo Samjncn. Dharanko Vicassँga business-to-business contributions Tiknuma Bhupu Lahureko g Tulo. Gorkha recruitment center Bapchi Dharan installation Purwka economic, commercial center Theo Bneko. Dharanma other Shrko Tulnama industry, setting Kalkarkhana Skenan Bne Hun. Bhupu Lahureko Pensn (Remityans) deceived the time Tikyo Yhaanko Arthtntr Lamo. Forcing business-Wyvsayma Homia Kehi Bhupu Lahure. Forcing Lahure Priwarka transactions in more Cininuma Dharan Fesnevl Shrka g. Nya Philya Katmadunbnda Fashion Dharanma Bitrinc g Bnne recognition. Lahure Priwarko Hdakda relationship, UK View, Brunaima Bakale Forcing Tytako be Bhitriako Dharanma Fashion Sida. Massu in more orderly fashion Poler Bibikyu eat Forcing Lahurele Nai Yuropbat Yaako Maninc factor œ. Dharanko Vicasma year level of 200 mA 9 days Belaytle residential Bhisa decision Grepchi Dharan 



Lahurevihin Shrma transform g Huँda Gako. According Ispoka Krib 10 thousand Graghuriko Snkhyama Rheka Bhupu most Lahuremdhye Vocational Giskeka Cn. Ysle Dharanko trade, business and Arthtntrlai Kumcyaidiako g. And 25 per cent aged Jyada Wyvsayma Lageka Matra Bhupu Krib Vocational Gaka Canan. Jnshbagitako sample and Salkow 048 local elected mayor Dyanbhadur rye Nirwacnma Malebat 33 and just 27 Warska Thia Upmeyr Mnojkumar Menyadabo. Unihrule Dharanko Vicasma Jntalai for direct participant Graune policy. Yo Byo successful policy. Salma Meyrma Bapchi Menyadabole 054 elected and 40 percent to 60 percent Ngrpalikako Jntako Lganima the development Nirmanlai intensity. Jntale paved roads, construction Grn money spent Grenan put Matra, Sdkka Jagga Forcing the cost. Wall Btkiyo cassacco compound, cassacco home. Level, astringent Forcing Dabi Grenan compensation. Dharan Jnshbagitama Nepalka Khlio sample and Sahar. Gurney apply earthquake-resistant houses and buildings Nirmansnhita Uptykabahirko Forcing Dharan municipality is Philo. Purwmeyr Menyadabo Jnshbagitama Dharanma Hoin mere 100, 150 percent development work performed Nirmanko Grcn Bako Dabi. "Forcing half Nitima Ngrpalikako Bne agencies put 60 percent and 40 percent work Jntako g Bako. Thora Jyada Jntako Lganiko Agadi Ngrpalikako be 60 percent, "he argued Ysto g Sunda Acmm Lage Forcing," 40 percent of the money Nai planted Jntale. Jagga Batoka the cost, and Gra Forcing Btkaa compound. Ubreko Pasale Bijuliko Polma planted bulbs. Ysto somewhere example, Paunuhunn Kta. " Mutu Dharanko Manine Banuchok Pugda Ting Ubhiako Gntagrle Sbako Tanc attention. Yo Jnshbagitama Bneko Gntagr sample and example. Bako Gntagrma Ngrpalikako 22 million increased Lganima completed construction Lakbahek All local and Hdakda, Macau and put Japanka Dharaneko g. Here Gntagr, 


earthquake memorial, beautiful Bgaँcha (park) g. 200 kilometers of paved road Bniskeko Kloptre Halsamm Dharanma Jnshbagitama Planning Branch chief and assigning Sreshtle Injiniyr Sunbeam. Their cost per Lagtko Hisable Srdr 50 million a kilometer Sdkko Hunc Rupaya. Bipi establishment boon Kosi Ptrrchaytkalma Atrchl Sdrmukam Rheko Dharanbat 035 Saldeki Thalio Sarn government office. Tulo 045 Salkow Bhukmple Jndnko Bapchi damage Dharanlai the Dead City (dead Sahar) Bnio. Forcing Manis elsewhere basin Bsain CERN. 04 9 the Bank of Commerce, National Salma Salma Atrchl court Regional Office Biratnagar Biratnagar 050 Bne Lgio Sario. Ysta, 050 Salma Dharanko Kosi Eastern Regional Astallai Atrchl Asptalma Gabhiyo, 055 Salma Puryariyo Biratnagar Eastern food laboratory. Salma Tysagi 040 Dhankuta Regional Education Nirdeshnalylai Sariako Theo. Forcing the British Gorkha recruitment Centdralai Ysabic Belayti Senale Dharanma Rheko Saryo Pokrama. Salma Srkarle 050 Philo Bipi Koirala Health Science Foundation in more established medical Klejka Grepchi Bne dead Sahar Bistara Utyo Dharan. Can Bipi Bne Dharan nei g Nrhne Purwmeyr Menyadaboko perception. "Forcing the house Bipi public Bako Andolit Bapchi be established. Bako boon g yo Dharanka cost. Forcing Can Can Bipi Bne Dharan, Dharan economic 


Gtividhiko Hisable Bipi Nhuँda Hunc Nango, "Uni Bncn" Ysko durability and positive role Vicasma g Jntako the house. " Start Sewasmet expert Griskeko Pratishtanle Dharanlai Swastheko Centdraka installed in more Forcing g Greco. 65 manpower agencies produce different Visyma Halsamm Yhaanbat 3 thousand 3 g Biskeko. Forcing land where Graun Manis Aune Grcn Videshbat Adhyynsँga treatment. Dharanko rich potential Nepal Sun excursion year 1 999 (2056) Salma then Dharan Ngrpalikale Education Health and tourist Purwadharyukt Sahar 'longtime Bhijn 20 Creating Their slogan Bnne Theo Greco. Education, Health and Prytnbat Dharan rich Sahar Bann SCC Bnne Tytibelacko be thinking. Level, civic Jnpratinidivihin Bapchi Bne Kuhiroko Kagajsta Banyo Dharan. 

Yhaanko business-business Kskँdo Avsthama g. Pchillo periodic Yojanale Vigtko Naralai Kehi Grda scrape 'education, health, tourism, trade Purwadhar, multicultural, residential, rich Sahar' Bhijn Bnaio scheduler. However, Adibiko Shyogma 1 billion loan and grant Krodko Khanepani Ayojanabahek 48 Tula Other long-term plan Lcshyanusar Bdn Skeka Canan Agi. Municipal and other limited Bnaako g Prytnlai Srokarwala Nikayle Narama Matra. Tourism Development and Planning Can Prrwddhnma, put Forcing zero g. Pindeshwar, Budasubba, Dntkali, Vishnupadukajasta religious significance Œ Vka Prytnsthl Cn. Ryalfitda, Pyaraglaidida, Saiklida Forcing Pyakejma Biskeko g l. Brahkshetr, and Kositppu Ramdhuni Njika g Vnyjnhu reserves. Prc Dharanma Bedetarko Kehi part. "Bdlido Pristhitima Dharan now likely Prytnma g Smriddhiko. Gumn Aunelai Hoin Matra, education, health, sports, culture, diverse Ayamlai Bujer Agi Bdnuprc Prytnko zinc, lead and Injiniyr Sunbeam Dharan best Bncn Upmahanagrka plan, "religious tourism, adventure sports Prytnko likely g Paँcknyalai 



Krisicentdra Bnaun Skinc, a Gauँ a Vishnupadukama Utpadnko Besar g farming. " Forcing them Fstaune Prytnle speed Lida Yhaanko business-to-business Bnai g. Their abandoned or put special economic zones to attract Dharanbitr Bnaidine Skinc Grn. Forcing Hunskne Unle Tesro Banda said Arun Dharan Sukha port. Dharanle business day Smriddhilai Khilya Sken added. Vigtma Bhupu Lahureko Remityansle Bacyo, Ahile other foreign Rojagarma Gakako Remityansle Bacirheko g. 


Forcing the government office Nba Purwmeyr Menyadabo Dharan Offaँ Baner be Bacheko Bncn Sahar. Bako expand them elsewhere, government offices Bapchi Bnai g Sahar. 'Cultural, religious Prytnle Dharanlai Smriddhitrf Lajanc, Œ A significant pilgrimage here Cn Hinduhruko months. Singo Jatjatiko Bsobasko Hisable Nepal Ateko g Manvshastriko Adhyynthlo Bnnscc "Purwmeyr Menyadabo Bncn" adequate educational Purwadhar g, so the educational hub Bnc Gunstriy Shicshako slogan. Forcing Bnaun Skinc Swastheka capital. Residential property development in more Shrka Skinc Grn. " No. 1 became the capital of the state Purwka other Shrbnda Dharan Purwadhar Bhaye Forcing enough political influence Centdrama Nbakale Bne Dharan Jhilya Ojelma Prne Grcn uni concerned. - C Morey therefore
SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment