tatopani boarder will not opened by china side ::

Kathmandu-China April 12 powerful earthquake off the country's largest northern border "Tatopani-substantial 'signal has been cared for. Tatopani, Nepal has been closed and khasasthita bhukampasamgai interpret Chinese customs, Chinese officials have repeatedly sending the request was answered, due to the geographical border can be closed forever be paved.

China has shown a variety of excuses for not conducting bhukampalagattai barrier substantially in recent geological condition information is not human inhabitant. Joint Secretary of Ministry of Foreign Affairs, China to curb CAHURASTRA Aryal repair the customs and immigration office is not possible to operate with the said information.

Aryal government to set up this checkpoint the operation of the law of the Task Force coordinator.

'Earthquake geologic conditions substantially to conduct a study of the human inhabitant nadekhiekale barrier seems to be difficult, "the Foreign Ministry said in a letter sent to China shortly. According to the customs and immigration office Aryal curb uncontrolled, traffic can be resumed if the letter is mentioned.

Border, customs and immigration offices were also established due to lack of transportation is a high official informed that the Finance Ministry would have no meaning. 'Customs and immigration offices do not even import-export goods, not people to be the same and forth, "the official said. According to the officials, customs and immigration office, said the checkpoint close to impossible to open. Aryal said China has substantially closed border states aspire to. He said the two countries will be further discussed in this.

Facing the informal and formal as the government repeatedly urged China to resume border was. After China's last letter said Foreign Affairs and the Ministry of Finance officials are convinced that the next day substantially degraded checkpoint operation.

India's undeclared nakabandisamgai northern neighbor, most business value of this checkpoint for the conduct of the government has been giving.

According to government officials, China is now considerable importance to bring his plan to let Laajya rail. China Kerung relamarphata upcoming 2020 plan will work and sticking to it is. Kantenaramarphata to curb fetching goods cheaper for China to be brought relamarphata Kerung goods. "The more important business than to curb China Œ and give more money to bring Kerung relamarphata goods transportation will be saved due to the lower cost," said the official, 'come Laajya trains Kathmandu, Nepal also good to add street level would benefit. "

According to the official khasamarphata the business for many years, not only boundary with Nepal, Indian states also have. "Goods from China relamarphata Kerung RASUWA, lakes and Chitwan Thori checkpoint various cities in India would like to take the m ¥," the official said, "so now he no honey substantial barrier Œ and given it."

On the other hand, making China's 'Silk Road' will go the same way Kerung. Silk rodamarphata business in China is focused on investment in old dream because he delights.

Kathmandu, Free Tibet activities remain substantial involvement of the Chinese merchant does not want China to open substantial barrier. To curb the Chinese businessman running for a long time in Kathmandu Free Tibet movement has cooperated with the understanding of China, "MoFA official said," China is the biggest headache. "

According to the official, Nepal, and earned enough money in the merchant trade engagement Free Tibet activities had an opportunity to China to displace them in diffused. The next day the earthquake on May 13 that substantially all the business and public Shigatse, China took the apartment was rehabilitated.

First Vice President Bishnu Shrestha of Nepal Mountain Association of cross-border trade a few days ago Free Tibet activities were substantially restored to China the Chinese were told NDTV.

Nepal customs operation substantially Slay 18 miles nyalamabata urged China Customs for the Customs Department's law, Shishir said Ganesh. 'Nyalamabata own venture to bring Nepalese businessman goods are ready,' Ganesh said, 'it is not given a clear answer to China. "

Nepalese entrepreneurs have imported earthquake before traveling more than Rs 3 billion malasamana are now stranded curb. The appearance of the government "re-route" and has urged China to make provisions Kerung.

To curb the re-route blocked by arrangement to bring goods to China have been asked, "said General Ganesh citizen," we hope China will arrange it quickly. '

The Chinese side said that Nepal Tatopani customs miteripulasamma locking container carrier able to go to the track and the road is opened. In particular, up to 15 km long road in several places bahrabisedekhi earthquake caused a landslide that still has narrow roads. Landslides, roof, round container bhyalebhira and lipinakai mobile road in some places still is not ranked.

BS 2027 opened the border between Nepal and China is the most important trade routes. Only this checkpoint revenue the government collects more than Rs 6 billion annually. This barrier to Mansarovar in Tibet through Nepal and Indian pilgrims do. Last year more than a million tourists that pass through Tibet to the traders. Tatopani 45 paryatakiyasahita 3 hundred and 50 hotels have been opened.


काठमाडौं-चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका 'तातोपानी–खासा' नखोल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक–पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुन सक्ने जनाउ दिएको हो।

भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बस्न लायक नभएको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए ।

अर्याल सरकारले यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न गठित कार्यदलका संयोजक हुन् ।

'भूकम्पपछि खासाको भौगर्भिक अवस्था अध्ययन गर्दा मानव बस्न लायक नदेखिएकाले नाका सञ्चालन गर्न कठिनाइ हुने देखिन्छ,' परराष्ट्र मन्त्रालयलाई केही समयअघि चीनले पठाएको पत्रमा भनिएको छ । अर्यालका अनुसार खासामा भन्सार र अध्यागमन कार्यालय राख्न नसक्ने, यातायात भने सुचारु गर्न सकिने पत्रमा उल्लेख गरेको छ ।

नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना नभएपछि यातायात सुचारु भए पनि कुनै अर्थ नरहने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जनाए । 'भन्सार र अध्यागमन कार्यालय नभए न मालसामान आयात–निर्यात गर्न सकिन्छ न मान्छे नै ओहरदोहर,' ती अधिकारीले भने । ती अधिकारीका अनुसार भन्सार र अध्यागमन कार्यालय खोल्न नसकिने भन्नु नै नाका बन्द गर्नु हो । अर्याल भने चीनले खासा नाका बन्द गरिनसकेको बताउँछन् । उनले दुई मुलुकबीच यसबारे अझै छलफल हुने जानकारी दिए ।

सरकारले भूकम्पपछि अनौपचारिक र औपचारिक रुपमा धेरैपटक नाका सुचारु गर्न चीनलाई आग्रह गर्दै आएको थियो । चीनको पछिल्लो पत्र पाएपछि भने परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी आगामी दिन खासा नाका सञ्चालनमा नआउनेमा विश्वस्त छन् ।

भारतको अघोषित नाकाबन्दीसँगै उत्तरी छिमेकीसँगको सबैभन्दा धेरै व्यापार हुने यो नाका सञ्चालनका लागि सरकारले महत्व दिँदै आएको छ ।

सरकारी अधिकारीका अनुसार चीनले खासालाई अहिले महत्व नदिनुमा केरुङसम्म रेल ल्याउने उसको योजना छ । चीनले आगामी सन् २०२० सम्म केरुङलाई रेलमार्फत जोड्ने योजना बनाएर त्यहीअनुसार काम गरिरहेको छ । कन्टेनरमार्फत खासामा सामान ल्याउनुभन्दा रेलमार्फत केरुङमा सामान ल्याउनु चीनका लागि धेरै सस्तो पर्छ । 'व्यापारलाई सबैभन्दा बढी महŒव दिने चीनले खासामा भन्दा केरुङमा रेलमार्फत सामान ल्याउन धेरै रकम ढुवानीमा बचत हुने भएकाले लागत नै कम हुन्छ,' ती अधिकारीले भने, 'केरुङसम्म आएको रेललाई काठमाडौंबाट स्तरीय सडकले जोड्न सके नेपाललाई पनि राम्रो फाइदा पुग्नेछ ।'

ती अधिकारीका अनुसार वर्षौंदेखि खासामार्फत भएको व्यापार नेपालसँग मात्र नभएर सीमा जोडिएका भारतीय राज्यहरुमा पनि हुने गरेको छ । 'चीनले रेलमार्फत केरुङमा आएका सामान रसुवा, गल्छी र चितवनको ठोरी नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउन चाहेको छ,' ती अधिकारीले भने, 'त्यसैले अहिले खासा नाकालाई उसले कुनै महŒव नदिएको हो ।'

अर्कोतिर चीनले बनाउँदै गरेको 'सिल्क रोड' पनि यही केरुङको बाटो भएर जानेछ । सिल्क रोडमार्फत व्यापार गर्ने चीनको पुरानो सपना भएकाले उसले उतै लगानी केन्द्रित गरिरहेको छ ।

काठमाडौंमा भइरहने फ्री तिब्बत गतिविधिमा खासाका चिनियाँ व्यापारीको संलग्नताले पनि चीन खासा नाका खोल्न चाहँदैन । 'खासामा रहेका चिनियाँ व्यापारीले लामो समयदेखि काठमाडौंमा चलिरहेको फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाइ चीनको छ,' परराष्ट्रका एक अधिकारीले भने, 'चीनका लागि यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय हो ।'

ती अधिकारीका अनुसार नेपाल र भारतसँगको व्यापारबाट मनग्य पैसा कमाएका व्यापारीको संलग्नता फ्री तिब्बत गतिविधिमा देखिएपछि यिनीहरुलाई विस्थापित गर्न चीन मौकाको खोजीमा थियो । भूकम्पको अर्को दिन वैशाख १३ गते नै खासाका सबै व्यापारी र सर्वसाधारणलाई चीनले सिगात्से लगेर अपार्टमेन्टमा पुनस्र्थापन गरेको थियो ।

नेपाल हिमाल सीमापार व्यापार संघका प्रथम उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठले पनि केही दिनअघि फ्री तिब्बत गतिविधिमा लागेका चिनियाँलाई खासा पुनस्र्थापित गर्न चीनले नचाहेको बताएका थिए ।

नेपालले खासाको भन्सार सञ्चालनमा नल्याए पनि १८ किलोमिटर टाढाको न्यालमबाट भन्सार छुटाउने व्यवस्थाका लागि चीनलाई आग्रह गरेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । 'न्यालमबाट आफैं जोखिम मोलेर नेपाली व्यवसायी सामान ल्याउन तयार छन्,' ढुंगानाले भने, 'यसमा चीनले स्पष्ट जवाफ दिएको छैन ।'

भूकम्प जानुभन्दा अगाडि नेपाली व्यवसायीले आयात गरेका ३ अर्बभन्दा बढी रुपैयाँका मालसामन अहिले खासामा अलपत्र छन् । सरकारले यी सामानलाई 'रि–रुट' गरेर केरुङबाट ल्याउने व्यवस्था गर्न चीनसँग आग्रह गरेको छ।

'खासामा रोकिएका मालसामान रि–रुट गरेर ल्याउने व्यवस्था गर्न चीनलाई आग्रह गरिएको छ,' महानिर्देशक ढुंगानाले नागरिकसँग भने, 'चीनले यसको चाँडो व्यवस्था गर्ने आशामा छौं।'

चिनियाँ पक्षले भन्सार नखोल्ने भने पनि नेपालले तातोपानीको मितेरीपुलसम्म मालवाहक कन्टेनर जान सक्ने गरी सडकको ट्र्याक खोलेको छ । खासगरी बाह्रबिसेदेखि माथिको १५ किलोमिटर लामो सडकका धेरै स्थानमा भूकम्पपछि गएको पहिरोका कारण अझै सडक साँघुरो छ । जुरेको पहिरो, कोठे, भ्यालेभीर र लिपिङकै केही स्थानमा अझै पनि दुईतर्फी कन्टेनर चल्ने सडक बनिसकेको छैन।

२०२७ सालमा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो । यो नाकाबाट मात्र सरकारले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्छ । यही नाका भएर नेपाली र भारतीय तिर्थालु तिब्बतको मानसरोवर जाने गर्छन् । पछिल्ला वर्ष एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत जाने गरेको व्यापारी बताउँछन्। तातोपानी नाकामा ४५ वटा पर्यटकीयसहित ३ सय ५० वटा होटल खोलिएका छन्।



SHARE

About Nepali Online Post

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment