काठमाडौं- हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज फेसन डिजाइनर प्रवल गुरुङले तयार गरेको कपडामा देखिएकी छिन्। लस एन्जल्स्मा डिजाइनर प्रवलले तयार गरेको यस वर्षको प्रि फल्स् कलेक्सनअन्तर्गत सेलेनाले डिजाइन पहिरिएकी हुन्। -
युनिसेफकी सद्भावना दूतसमेत रहेकी सेलेना गत वर्ष नेपाल आएकी थिइन्। उनी गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा आएकी थिइन्। केही दिनअघि आयोजित ग्रामी अवार्डमा समेत सेलेना सहभागिता जनाएकी थिइन्।
उनका 'ह्यान्ड टु माइसेल्फ', 'सेम वल्ड लभ', 'स्लो डाउन','गुड फर यु' र लभ वील रिमेम्बर' लगायत गीतहरु चर्चामा छन्। -
0 comments:
Post a Comment